नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दोस्रो जित निकालेको छ ।
शुक्रबार सम्पन्न खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले हराएको हो । पोखराको यो लगातार चौथो हार हो ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भयो ।
अर्जुन कुमालले ४५, युवराज शर्माले १९, किरण ठगुन्नाले १३ तथा अर्जुन घर्तीले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पोखरालाई रोक्न चितवनका रिजन ढकालले चार तथा कमल सिंह ऐरीले तीन विकेट लिए । यस्तै, डान मोस्ली, मौसम ढकाल र कुशल मल्लले एक–एक सफलता हात पारे ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ६ विकेटको क्षतिमा १५१ रन जोड्यो ।
कप्तान सिकन्दर रजाले ३७ तथा रवि बोपाराले ३२ रन जोडे । यस्तै, अर्जुन साउदले ३१ तथा डेविड मलानले २७ रन बनाए ।
बलिङतर्फ पोखराका चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले दुई–दुई विकेट लिए ।
यसैगरी शनिबार नै सम्पन्न कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ। मिलरले ५५ बलमा अविजित ९३ रन बनाएका थिए।
सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो। कर्णालीका दीपक डुम्रेले १२ बलमा १८ रन बनाए। उनले तीन चौका र एक छक्का प्रहार गरे। कप्तान सोमपाल कामीले आठ, गुल्सन झाले तीन, पवन सर्राफले पाँच र हुसेन तलातले एक रन बनाए। मार्क वाटले चार रन जोड्दा अरिफुल इस्लाम खाता नखोली आउट भए।
सुदूरपश्चिमका स्कट कुगेलाइनले दुई विकेट लिए। हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र अविनाश बोहराले एक–एक विकेट लिए।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल बनाएको थियो ।
सुदूरपश्चिमको लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसैगरी विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा ब्रान्डन म्याकमुलेनले १६ बलमा २४ रन बनाए। त्यस्तै इशान पाण्डेले २३ रन बनाए भने थारिन्दु रत्नायकेले अविजित २२ रन तथा स्कट कुग्गेलेइनले अविजित १३ रनको योगदान दिए।
बलिङतर्फ कर्णाली याक्सका बलर मार्क वाटले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। त्यस्तै नन्दन यादव, सूर्य तामाङ र हुसेन तलातले समान १÷१ विकेट हात पारे।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्