-आर. आर. चौलागाईं-
कुनै मोह छैन अब मलाई तिमीसँग भेट्न
कुनै लोभ छैन अब मलाई तिमीसँग भेट्न ।
भो पुग्यो तिम्रा कुरा कति सुनुँ थाकिसकेँ म
कुनै भोक छैन अब मलाई तिमीसँग भेट्न ।
बरु यही ठीक छ म आफ्नै स्वतन्त्रतामा छु
कुनै सोच छैन अब मलाई तिमीसँग भेट्न ।
सबैतिर रावण भनी तिम्रै नाम लेखिएको छ
कुनै लोक छैन अब मलाई तिमीसँग भेट्न ।
भन्छौ एउटा अनि गर्छौ अर्कै विश्वास छैन
कुनै सोख छैन अब मलाई तिमीसँग भेट्न ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्