नेपाल । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको पहिलो समस्या नै रोजगारीको समस्या भएको बताएका छन् ।
रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उज्यालो नेपालले बनाएका बताए ।
‘हरित क्रान्ति गरेर यो देशलाई समृद्ध बनाउँछौँ भनेर हामी लागेका छौँ, यसले गर्दा वातावरण मात्र होइन आर्थिक, सामाजिक हिसाबले पनि नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ’, उनले भने ।
धेरै वादको कुरा गरेर देश अघि नबढ्ने बताउँदै घिसिङले नेपालमा विभिन्न वादका कुरा गरे पनि देशमा आर्थिक समुन्नति हुन नसकेको बताए ।
उनले उज्यालो नेपालको सैद्धान्तिक र वैचारिक बाटो भनेको आर्थिक रूपान्तरणको मध्यमार्गी बाटो भएको प्रष्ट पारे।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्