९ कार्तिक २०८३, सोमबार

सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु

कोलोराडोखबर संवाददाता , October 26th, 2026

नेपाल । सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

आइतवार दिउँसो भोजपुरको हतुवागढीबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको पानीबोट धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशीमा दुर्घटना भएको हो।

पानीबोटको ब्रेक फेल हुँदा दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए।

चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पठाइएकोमा उपचारका क्रममा तीनजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्