८ कार्तिक २०८३, आईतवार

श्रीमती निकितासहित रवि लामिछाने तीर्थाटनमा

कोलोराडोखबर संवाददाता , October 25th, 2026

नेपाल । रास्वपाका सभापति रवि लामिछाने शुक्रबार श्रीमती निकिता पौडेलसहित तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत प्रस्थान गरेका छन् ।

लामिछानेको निजी सचिवालयका अनुसार तीन दिनको भ्रमणका क्रममा उहाँले धनगढी मार्ग हुँदै भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ।

आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी उनी स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्