५ कार्तिक २०८३, बिहीबार

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज

कोलोराडोखबर संवाददाता , October 22nd, 2026

नेपाल । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी बुधबार अस्पतालबाट घर फर्किएको खनालको सचिवालयले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १ दिउँसो उनलाई ह्याम्स अस्पताल लगिएको थियो । उनको स्वास्थ्य अवस्थामा सुधार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्