अमेरिका । नेपाली समुदायको सामाजिक कल्याण र एकताका निम्ति सन् १९९९ मा स्थापित नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) को २७औँ वार्षिक साधारणसभाबाट भुवन पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमिति चयन गर्नुका साथै संस्थाको २७औँ वार्षिकोत्सव समेत मनाइएको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष तथा खेलकुद संयोजकमा वैकुण्ठ डंगोल, उपाध्यक्षद्वय शर्मिला लुइँटेल र सुशील शर्मा, महासचिवमा उत्सव अर्याल, सहसचिवमा विकास तामाङ, कोषाध्यक्षमा विशाल पन्थी, मिडिया संयोजकमा कृष्ण तिवारी, कार्यक्रम संयोजकमा लक्ष्मण बेलबासे, विभागीय कार्यक्रम संयोजकमा सन्तोष शर्मा र आईटी संयोजकमा नवीनसिंह छन् ।
कार्यसमिति सदस्यमा सञ्जय श्रेष्ठ, सदिना श्रेष्ठ, सुभाष हमाल, पुष्कल क्षेत्री, सूर्यतम दाहाल, उत्सव पन्त, अभिनव पाण्डे, अम्बिका खनाल तिवारी, पविता सुवेदी र संयोग गौतम चयन भएका छन् ।
सल्लाहकारमा सञ्जीव शर्मा, विनोद शर्मा, अरुण तामाङ, हेमन्त काफ्ले, बद्री अर्याल, उमेश पन्त, डा। राजु मानन्धर, विष्णु हमाल, विजय राउत, नन्द गुरुङ, रञ्जु थापा, कल्याण खड्का, मन्जीत घिमिरे र टीएन अर्याल छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्