२३ भाद्र २०८३, मंगलवार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा १ करोड १ लाख सहयोग

कोलोराडोखबर संवाददाता , September 8th, 2026

नेपाल । प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा रु १,०१,००,०००/- (अक्षरेपी एक करोड एक लाख मात्र) प्रदान गरिएको छ ।

रसुवाको भोटेकोशीमा आएको भिषण बाढीका कारण प्रभावित भएका परिवारहरूका साथै प्रभावित क्षेत्र पुनर्निर्माणका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालको तर्फबाट राजयोगिनी ब्रह्माकुमारी किरण दिदीज्यूद्वारा प्रधानमन्त्री राहत कोषमा चेक जम्मा हुने गरी माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई हस्तान्तरण गरिएको छ ।

केन्द्रले उक्त सेवा रकम जम्मा गर्नका लागि सहयोग गर्नुहुने देश विदेशका समस्त ब्रह्माकुमार–ब्रह्माकुमारी तथा आस्थावान श्रद्धालुहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्