२० भाद्र २०८३, शनिबार

भोटेकोसी बाढी अपडेटः एक हजार ३४४ जनाको मृत्यु भएको पुष्टि, पाँच हजार सम्पर्कविहीन

कोलोराडोखबर संवाददाता , September 5th, 2026

नेपाल । रसुवा भोटेकोसी बाढीमा परी हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीका अनुसार, भदौ २० गते बिहान ५ बजेसम्म बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या एक हजार ३४४ पुगेको छ ।

५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ आंशिक अंग फेला परेको प्रहरीले बताएको छ ।

हालसम्म एक हजार ३० शव व्यवस्थापन गरिएको छ । एक हजार २६० मृतकको डीएनए संकलन गरिएको छ । ९७२ मृतकका आफन्तको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ । बेपत्ता हुने ४,८९८ जनामध्ये २,९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन् । नेपाली बेपत्ताहरूमा २,४४८ पुरुष र ४८२ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्