१९ भाद्र २०८३, शुक्रबार

नेकपाद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा 

कोलोराडोखबर संवाददाता , September 4th, 2026

नेपाल । नेपाली कम्युनिष्ट पार्टीले रसुवा भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा आज रु। २५ लाख जम्मा गरेको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार, यसअघि पार्टीले गरेको निर्णयबमोजिम बाढी पीडितहरूलाई सहयोग पुर्याउन उक्त रकम जम्मा गरिएको हो। पार्टीले भोटेकोशी बाढीका सन्दर्भमा खोजी, उद्धार, राहत र पुनर्स्थापनाका काममा सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गरेको छ ।

बाढी पीडितहरूको उद्धार तथा राहत कार्यमा हरकिसिमको सहयोग, समन्वय र सहकार्यका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘विपद् व्यवस्थापन डेस्क’ स्थापना गरिएको छ। उक्त डेस्कमार्फत बाढी पीडित वा उनीहरूका परिवार, आफन्तसँग सम्पर्क गर्न तथा सूचना उपलब्ध गराउन अपिल गरिएको छ।

पार्टीले जनताको जीवन रक्षा र विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै राज्यसँगको समन्वयमा राहत तथा पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउने समेत प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्