नेपाल । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको पूर्वस्वीकृति बिना ड्रोन नउडाउन आग्रह गरेको छ।
प्राधिकरणले जारी गरेको ‘ड्रोन उडान सम्बन्धी अत्यन्त जरुरी सूचना’ मा रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठुलो जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरबाट खोज तथा उद्धार कार्य भइरहेको जनाएको छ।
उद्धार कार्य भइरहेका बेला केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाइरहेको पाइएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो । यसबाट हवाई सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुनुका साथै हेलिकोप्टरमार्फत भइरहेको खोज तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्न थालेको सूचनामा उल्लेख छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्