३ भाद्र २०८३, बुधबार

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्यष्टि, राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण

कोलोराडोखबर संवाददाता , August 19th, 2026

नेपाल । जनकवि दुर्गालाल श्रेष्ठको मङ्गलबार अन्त्यष्टि गरिएको छ। ९३ वर्षका श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो।

अन्त्यष्टिअघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो। त्यसपछि पार्थिव शरीरको नगर परिक्रमा गराई अन्त्यष्टिका लागि शोभा भगवतीस्थित कर्णदीप लगिएको थियो।

गृहमन्त्री सुधन गुरुङ, ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपालको राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

नेपाल भाषा परिषद्ले दुई दशकअघि ‘जनकवि’ उपाधिबाट सम्मानित स्वर्गीय श्रेष्ठ पछिल्ला छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय हुनुहुन्थ्यो । नेपाल भाषासँगै नेपाली भाषामा पनि कविता, गीत तथा अन्य साहित्यिक विधामा सक्रिय उहाँका ‘सय थरी बाजा एउटै ताल’, ‘फूलको आँखामा फूलै संसार’ जस्ता चर्चित गीत अत्यन्त लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्