३१ श्रावण २०८३, आईतवार

हेटौंडाका देवप्रसाद श्रेष्ठको पुस्तक ‘जीवन यात्रा’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , August 16th, 2026

-नेपाल (हेटौंडा) । हेटौँडाका शिक्षाविद्, पत्रकार, समाजसेवी देवप्रसाद श्रेष्ठको पुस्तक ‘जीवन यात्रा’ सार्वजनिक भएको छ ।

परराष्ट्रविद् हीरण्यलाल श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार बिहान हेटौँडामा देवप्रसाद श्रेष्ठको ‘जीवन यात्रा’ सार्वजनिक भएको हो ।

श्रेष्ठले पुस्तक बिक्रीबाट प्राप्त हुने रकम मकवानपुरका गरिब तथा जेहेन्दार छात्राको सहयोगका लागि अक्षयकोषमा जम्मा गरिने उल्लेख गरिएको छ।

पुस्तकको मूल्य २ सय रुपैयाँ रहेको छ। पुस्तक सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि हिरण्यलाल श्रेष्ठले देवप्रसाद श्रेष्ठको जीवनयात्रा मात्रै नभएर तत्कालिन समाजको पनि कथा समेटिएको बताउनुभयो।

देवप्रसाद श्रेष्ठको ‘जीवन यात्रा’ सार्वजनिक भएको छ। सेवानिवृत्त शिक्षक श्रेष्ठले आफ्नो बाल्यकाल, युवावस्था, पेशागत जीवन, हेटौँडाको हिजो र आजको सन्दर्भमा लेख्नु भएको छ।

यसैबीच पुस्तक सार्वजनिक गर्ने समारोहमै श्रेष्ठलाई बासुदेव रिजाल स्मृति सम्मान समर्पण गरिएको छ । हेटौँडा नगरपालिकाका प्रथम नगरप्रमुख बासुदेव रिजालको स्मृतिमा बासुदेव रिजाल स्मृति प्रतिष्ठानले २० हजार राशिको पुरस्कार प्रदान गरेको हो।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको पनि आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्