नेपाल । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्षराष्ट्रको सम्मेलन कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाहलाई टर्किका राष्ट्रपति रेसेप तैयप एर्दोगानले औपचारिक निमन्त्रणा पठाउनुभएको छ ।
कोप–३१ सम्मेलन आगामी नोभेम्बर ९ देखि २० तारिखसम्म टर्किएको अन्ताल्यामा आयोजना हुने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबारको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई आएको निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्