नेपाल । वरिष्ठ पत्रकार तथा जनआस्थाका प्रकाशक सम्पादक किशोर श्रेष्ठ पक्राउ पर्नुभएको छ ।
उहाँलाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको बागडोलबाट साँझ ८ बजेतिर पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार पत्रकार श्रेष्ठलाई समाचारको विषयलाई लिएर एक महिलाले दिएको उजुरीका आधारमा छानविनका लागि पक्राउ गरिएको बताउनुभयो । उहाँलाई सोधपुछका लागि पक्राउ गरिएकाले उहाँमाथि अनुसन्धान हुने खड्काले बताउनुभयो ।
वरिष्ठ पत्रकार श्रेष्ठ जनआस्था साप्ताहिक पत्रिका सञ्चालन गर्दै आउनुभएको छ ।
श्रेष्ठको पक्राउपछि उनको निःशर्त रिहाइको माग गर्दै सञ्चार सम्बद्ध संघसंस्थाले सरकारको आलोचना गरेका छन् । प्रेस स्वतन्त्रता बिरोधी यस कार्यको सामाजिक सञ्जालमा चर्को बिरोध भइरहेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्