१४ श्रावण २०८३, बिहीबार

कथा संग्रह ‘एक मान्ठ एक देवता’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , July 30th, 2026

नेपाल । कथाकार शिवराज शाहीको कथा संग्रह ‘एक मान्ठ एक देवता’ सार्वजनिक भएको छ ।

हालै काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार नयनराज पाण्डे, लेखक माधव चौलागाईं, अभिनेत्री सुरक्षा पन्त र कथाकार शाहीले कथाकृति संयुक्त रूपमा लोकार्पण गरे ।

कार्यक्रममा कथाकृतिमाथि चर्चा गर्दै आख्यानकार पाण्डेले नयाँ पुस्ताका लेखकका कृतिमा कर्णालीको विषयवस्तुलाई गहन ढंगले समेटिएको बताए ।

लेखक माधव चौलागाईंले पुस्तकमा कर्णालीका कथा व्यथा उल्लेख गरे । उनले कथाकृति कर्णालीको समाजशास्त्रीय दर्पण भएको बताए ।

अभिनेत्री सुरक्षा पन्तले ११ वटै कथामा सिनेमा बनाउन सकिने चर्चा गरिन् । कथाकार शाहीले आफूले कर्णालीका आमा र दिदीबहिनीका आवाज समेटेर कथा लेखेको बताए ।

बुकहिलद्वारा प्रकाशित कथाकृति शाहीको पहिलो कथासंग्रह हो ।

प्रतिक्रिया दिनुहोस्