६ श्रावण २०८३, बुधबार

प्रचण्ड भन्छन्–नेकपा एमालेसँग सहकार्यको प्रक्रिया सुरु भयो

कोलोराडोखबर संवाददाता , July 22nd, 2026

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया सुरु भएको बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा पत्रकारसँग प्रचण्डले राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेसँगै उक्त सहकार्य अगाडि बढिसकेको जानकारी दिए ।

उनले प्रदेशस्तरमा सो सहकार्य हुने पनि बताए । तीन दलको सहकार्यको विषयमा भने उनले छलफल जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्