नेपाल । नेपाली कांग्रेसले जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ कार्यक्रम आयोजना गरेको छ।
बुधबार बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापासहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमअन्तर्गत कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘ग्रीन रन’ आयोजना गरेको हो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्