३२ असार २०८३, बिहीबार

साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा निधन

कोलोराडोखबर संवाददाता , July 16th, 2026

नेपाल । साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौँको गौरीनगरस्थित आफ्नै निवासमा बुधबार बिहान शर्माको निधन भएको हो । उनी ‘अभिव्यक्ति’ द्वैमासिकका संस्थापक सम्पादक एवं प्रकाशक हुन् ।

त्यस्तै, शर्माका ‘महापुरुष’ र दिवास्वप्न’ उपन्यास तथा ‘पिपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कृति प्रकाशित छन् ।

उनको बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्