-आर. आर. चौलागाईं-
हारेर पनि जित्यौ तिमीले
जितेर पनि हार्यो उसले ।
जबर्जस्ती जितेकोलाई के जितेको भन्नु
जबर्जस्ती हराएकोलाई के हारेको भन्नु
जित्न त मान्छेको मनले जितेको हुनुपर्छ
हार्न त मान्छेको मनले हारेको हुनुपर्छ ।
मलाई त सिङ्गै संसार जित्न मन लागेको छ
झेली र पापीहरूलाई हराउन मन लागेको छ
ए आमा ! शक्ति देऊ न मलाई असङ्ख्य
म यो देशलाई उठाउँछु काँधमा जुरुक्कै ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्