नेपाल । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी रहेको केप भर्डे नकआउट चरणमा पुगेको छ।
समुह ‘एच’मा अपराजित रहँदै उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। यो समुहबाट ७ अंक बटुल्दै स्पेन समुह विजेता बन्यो ।
शनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्दै ३ अंक जुटायो। यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो। शनिबारै भएको अर्को खेलमा स्पेनसँग १–० गोलअन्तरले पराजित भएको उरुग्वे भने समुह चरणबाटै बाहिरियो।
जारी विश्वकपमा डेब्यु गरेका चार टिम मध्ये केप भर्डे मात्रै नकआउट चरणमा पुगेको छ। अन्य तीन टिमहरू कुरासाओ, उज्बेकिस्तान र जोर्डन भने समुह चरणबाटै बाहिरिएका छन्।
राउन्ड अफ ३२ मा अब केप भर्डेको प्रतिस्पर्धा साविक विजेता अर्जेन्टिनासँग हुनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्