११ असार २०८३, बिहीबार

मोरक्कोले हाइटीलाई ४-२ ले हरायो

कोलोराडोखबर संवाददाता , June 25th, 2026

नेपाल । फिफा विश्वकप २०२६ अन्तर्गतको समूह सीको अन्तिम खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गरेको छ।

एटलान्टामा भएको खेलमा हाइटीलाई हराउँदै मोरक्को समूह सीको उपविजेताको रुपमा नकआउट प्रवेश गरेको हो।

हाइटीको भने विश्वकप यात्रा सकिएको छ। खेलको १० औं मिनेटमा आत्मघाती गोलमार्फत हाइटीले अग्रता बनाएको थियो। मोरक्कोका गोलकिपर यासिन बोनोउबाट भएको आत्मघाती गोलमार्फत हाइटीले अग्रता बनाएको हो। खेलको ३९ औं मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो। मोरक्कोका डिफेन्डर अच्रार्फ हाकीमीले बराबरी गोल फर्कायो।

खेलको ४३ औं मिनेटमा हाइटीका स्ट्राइकर विलसन इसिडोरले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याएका थिए। खेलको ४५ औं मिनेटमा मोरक्कोका मिडफिल्डर इस्माइल साइबरीले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याएका हुन्। पहिलो हाफ २–२ बराबरी हुँदै सकिएको थियो। दोस्रो हाफमा मोरक्कोले २ गोल थप्यो।

दोस्रो हाफमा खेलको ७८ औं मिनेटमा मोरक्कोले तेस्रो गोल गर्यो। सौफियान रहिमीले गोल गर्दै खेललाई मोरक्कोको पक्षमा ल्याएका थिए। खेलको ८९ औं मिनेटमा मोरक्कोको लागि गेसिम यासिनले गोल गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्