१० असार २०८३, बुधबार

अनेसासको केन्द्रीय अध्यक्षमा सुवेदी र उप्रेतीको उम्मेदवारी, अरु पदमा को-को ? (सूचीसहित)

कोलोराडोखबर संवाददाता , June 24th, 2026

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति २०२६–२०२८ को विभिन्न पदका लागि दिइएको उम्मेद्वारीको नामावली प्रकाशन गरिएको छ ।

अध्यक्ष पदमा अमेरिकाबाट लालगोपाल सुवेदी र क्यानडाबाट सुरेन उप्रेतीको उम्मेदवारी परेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा अमेरिकाबाटै सुदीपभद्र खनाल र तारा अधिकारीको उम्मेदवारी परेको छ ।

महासचिवमा पनि अमेरिकाबाटै राजु सिटौला र सहदेव कोइरालाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्