९ असार २०८३, मंगलवार

एम्बापेको उत्कृष्ट दुई गोलको मद्दतले फ्रान्सको सानदार जित

कोलोराडोखबर संवाददाता , June 23rd, 2026

नेपाल । स्टार स्ट्राइकर किलियन एम्बापेको उत्कृष्ट दुई गोलको मद्दतले फ्रान्सले फिफा विश्वकप २०२६ मा इराकमाथि ३–० को सहज र सानदार जित दर्ता गरेको छ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा फ्रान्सले पूर्ण रूपमा दबाब कायम राखेको थियो। खेलको सुरुवातदेखि नै आक्रामक बनेको फ्रान्सका लागि १४औँ मिनेटमा किलियन एम्बापेले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफपछि केहीबेर वर्षाले रोकिएको खेलको दोस्रो हाफमा फ्रान्स थप आक्रामक देखियो।

खेलको ५४औँ मिनेटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। उनको यो विश्वकपमा १६ खेलबाट १६ गोल भएको छ।

त्यसपछि खेलको ६६औँ मिनेटमा ओस्मान डेम्बेलेले अर्को उत्कृष्ट गोल थपेपछि फ्रान्सले इराकमाथि ३–० को सहज जित सुनिश्चित गर्‍यो। इराकले फ्रान्सेली रक्षापङ्क्तिलाई तोड्न खासै अवसर पाउन सकेन।

लगातार दोस्रो जितसँगै फ्रान्स विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तरत अहिले यही समूहको नर्वे र सेनेगलबीचको खेल जारी छ। पहिलो हाफमा नर्वेले १–० को अग्रता बनाएको छ।

प्रतिक्रिया दिनुहोस्