३ असार २०८३, बुधबार

संविधान संशोधनका नाममा देशलाई पछाडि फर्काउने प्रयास हुन हुँदैनः पुन

कोलोराडोखबर संवाददाता , June 17th, 2026

नेपाल । नेकपाका नेता वर्षमान पुनले संविधान संशोधनका नाममा देशलाई पछाडि फर्काउने र उत्पीडित समुदायले प्राप्त गरेका अधिकारहरू कमजोर पार्ने प्रयास हुन नहुने बताएका छन् ।

दाङ पुगेका नेता पुनले संविधानमा सुनिश्चित गरिएका उत्पीडित जाति, समुदाय तथा क्षेत्रका अधिकारहरू कुनै पनि बहानामा खोस्न नहुने बताए । उनले बहुभाषिकता, बहुसांस्कृतिकता, समानता तथा सबै जाति समुदायको उत्थानका विषयबाट राष्ट्र पछि हट्न नहुने धारणा राखे ।

मगर समुदायसहित सबै उत्पीडित समुदायलाई आफ्ना अधिकार, स्वायत्तता र पहिचानका विषयमा थप सचेत र जागरूक हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्