नेपाल । न्युजिल्यान्ड र इरानले फिफा विश्वकपको पहिलो खेलमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा मङ्गलबार बिहान भएको खेलमा न्युजिल्यान्ड र इरानले २–२ गोलको बराबरी खेले । समूह ‘जी’ को पहिलो खेलमा न्युजिल्यान्ड दुईपटक लिएको अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । प्रतिस्पर्धात्मक खेलमा
न्युजिल्यान्डका लागि दुवै गोल एलिजा जस्टले गर्नुभयो । उहाँले सातौँ र ५४औँ मिनेटमा गोल गर्नुभएको थियो । यस्तै इरानका लागि रामिन रेजायनले ३२औँ र मोहम्मद मोहेबीले ६४औँ मिनेटमा गोल गर्नुभयो । बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बनाएका छन् ।
यस्तै यही समूहको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । रोमाञ्चक खेलमा सुरुवाती अग्रता इजिप्टले लिएको थियो । मिडफिल्डर इमाम शोउरले १९औँ मिनेटमा गोल गर्दै इजिप्टको उत्साह जगाउनुभयो । तर बेल्जियमले दोस्रो हाफमा बराबरी गोल फर्कायो ।
६६औँ मिनेटमा रोमेलु लुकाकुको शसक्त प्रहारले इजिप्टका रक्षक मोहम्मद ह्यानीलाई लाग्दै जाली चुमेको थियो । लुकाकुले मैदान छिरेको एक मिनेटमै गोलको अवसर। बनाउनुभएको थियो । बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बनाएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्