२६ जेष्ठ २०८३, मंगलवार

लोकगायक प्रेमराजा महतको मौलिक कौराहा गीतको भिडियो सार्वजनिक

कोलोराडोखबर संवाददाता , June 9th, 2026

नेपाल । लोकगायक प्रेमराजा महतको शब्द, सङ्गीत र स्वरमा तनहुँको मौलिक कौराहा गीतको भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गीतको शब्द र सङ्गीत प्रेमराजा महतको रहेको छ । स्वरमा भने उहाँलाई अन्य कलाकारले समेत साथ दिएका छन् ।

सङ्गीत संयोजनमा बिबी अनुरागीले मिहिनेत गर्नुभएको छ भने ध्वनि मिश्रण श्यामश्वेत रसाइलीले गर्नुभएको छ ।

प्रिज्मा रेकर्डिङ स्टुडियोमा ध्वनि रेकर्डिङ भएको गीतको दृश्य सम्पादन मिराज अर्यालले गर्नुभएको हो । छायाङ्कनमा मानकृष्ण महर्जन र सुवास महर्जनले मिहिनेत गरेको भिडियोको कलरिङ राजेन्द्र मोक्तानले गर्नुभएको हो ।

गीतको परिकल्पना गायक महतको हो भने नृत्य निर्देशन एकिन्द्र साराशङ्करले गर्नुभएको छ । म्युजिक भिडियोमा गायक महत, चाहना रानामगरसँगै एकिन्द्र साराशङ्कर, प्रसिद्ध कटिला, अञ्जन थापा, प्रताप राना, नरेन्द्र थापा, हिमालजङ्ग भण्डारीले अभिनय गर्नुभएको छ ।

निर्मल न्यौपाने निर्माण व्यवस्थापन गर्नुभएको गीतको निर्माता ग्रेटर बाल्टिमोर होमकेयर एन्ड डेकेयर सेन्टर, अमेरिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्