नेपाल । सरकारी कर्मचारीको तलब कुल २१ प्रतिशत वृद्धि भएको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार बजेटमार्फत उक्त घोषणा गरेका हुन्। न्यूनतम ४० हजारदेखि अधिकतम १ लाख कायम हुने पनि उनले बताए।
कर्मचारीको तलब १० प्रतिशतले बढाइएको बताएका छन्। नयाँ तलबमान लागू भएपछि करिब १० प्रतिशत मासिक वृद्धि हुने व्यवस्था गरिएको छ।
महँगी भत्ता ५ हजार रुपैयाँ कायम गरिएको छ। यी व्यवस्थासँगै कर्मचारीको पारिश्रमिक संरचनामा करिब २१ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्