नेपाल । प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम संखुवासभाका अधिकारीलाई सङ्घीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले मंगलबार यसअघिका सचिव हर्कराज राईलाई पदमुक्त गरेका थिए ।
* स्थायी ठेगाना: खाँदबारी नगरपालिका वडा नं. ३, सङ्खुवासभा।
* अध्ययन: त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर, दक्षिण कोरियाको Kyung Hee University बाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर।
* अनुभव: निजामती सेवामा २४ वर्षको अनुभव। उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी।
* सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ बमोजिम विशिष्ट श्रेणीको सचिव सरहको सेवा सुविधा पाउने गरी राष्ट्रपतिबाट नियुक्त भएको।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्