३१ बैशाख २०८३, बिहीबार

रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय

कोलोराडोखबर संवाददाता , May 14th, 2026

नेपाल । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुङ्गो लगाउँदै आफ्नो सम्पूर्ण ध्यान सङ्गठन निर्माण र आन्तरिक संरचना सुदृढीकरणतर्फ केन्द्रित गरेको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार प्रथम महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई आगामी राष्ट्रिय राजनीतिमा पार्टीको दीर्घकालीन रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

बैठकबाट पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ भने सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ ।

गत चैत २१ गते सम्पन्न आमनिर्वाचनपछि मुलुकको पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको रास्वपाको पहिलो महाधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्