३० बैशाख २०८३, बुधबार

नेपाली लोकगीतको ‘सुरतालका नोट’ समेटिएको पुस्तक लोकार्पण

कोलोराडोखबर संवाददाता , May 13th, 2026

नेपाल । लेखक रामप्रसाद कँडेलको ‘नेपाली फोकसँग स्कोरज्’ नेपाली लोकगीतको ‘सुरतालका नोट’ समेटिएको पुस्तक लोकार्पण भएको छ ।

लोकबाजा सङ्ग्रहालयद्वारा राजधानीमा आयोजित समारोहमा लेखक रामप्रसाद कँडेल, ताकासे हासेगावा, लेखकहरू रवीन्द्र तामाङ, देवेन्द्र अर्याल ‘आँसु’ गगन श्रेष्ठ, गायक चन्द्रकुमार मोक्तानलगायत सहभागी सबैले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो ।

लोकबाजा सङ्ग्रहालयका संरक्षक मनोहर लामिछानेले यस पुस्तकले नेपाली लोकगीतको प्रवर्धनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राजेश खनालले सो पुस्तकमा समेटिएका ताल, स्केल, नोटेसनको प्रवर्धनका लागि गरिएको मेहनतबारे स्मरण गर्दै पुस्तकमा भएका ताल, स्केललाई विश्वका जुनसुकै मुलुकमा बस्ने सङ्गीतका जिज्ञासुले सजिलै बजाउँदै नेपाली लोकगीतको धुन बजाउन सक्ने बताउनुभयो ।

लेखक रवीन्द्र तामाङले विगत ३१ वर्षदेखि नेपाली लोकबाजाको सङ्कलन र प्रवर्धन गरिरहेको नेपाली लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलको पहलमा प्रकाशित नेपाली लोकगीतको ताल (नोटेसन) का माध्यमबाट लोकगीत जीवन्त बन्ने कुरामा जोड दिनुभयो ।

पुस्तक प्रकाशन सहयोगी जापानी नागरिक ताकासे हासेगावाले भन्नुभयो, “म नेपालमा १२ पटक आएँ, मलाई यहाँको हरेक संस्कृति, कलासँग मोह छ, त्यसै कारण यस पटक नेपाली लोकगीतलाई नेपाली÷विदेशी सङ्गीतज्ञसमक्ष पु¥याउने जमर्कोमा सहभागी हुन पाउँदा मलाई खुसी मिलेको छ ।”

लेखक कँडेलले जापानी नागरिक ताकासे हासेगावाले नेपालमा ४८ वर्षअगाडि सुन्तला खेती गर्न सिकाएर जानुभएको स्मरण गर्दै त्यसपछि नेपाल मन परेर पटक पटक आइरहने र लोकबाजा सङ्ग्रहालयको भ्रमण गर्ने क्रममा लोकबाजा त सङ्कलनमा राखे छौँ, लोकगीतको ताल, ९नोटेसन० हरू छैन भनेर राखेको जिज्ञासाले सो पुस्तक तयार भएको बताउनुभयो । उहाँले यस पुस्तकमा नेपालमा प्रचलित भजनलगायत ४९ लोकगीतका ताल समेटिएको छ, त्यस तालका आधारमा नेपाली लोकगीतको देशविदेशमा प्रचार हुने र नेपाली गीतसँग सर्जकरगायक सङ्गीतज्ञ बाँच्ने विचार व्यक्त गर्नुभयो ।

पुस्तकमा विभिन्न गायकरगायिकाले गाउनुभएको, यो माया तिम्रै हो, रेशम फिरिरी, छ भने माया, वारि खोला, जाम माया, बेनीको बजारलगायत ४९ लोकगीतका ताल छन् ।

प्रतिक्रिया दिनुहोस्