नेपाल । कवि दिनेश विक्रम थापाको कविताकृति ‘जयसिंह धामीको देश’ एक कार्यक्रमबीच लोकार्पित भएको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. विष्णुविभु घिमिरे लगायतले कविताकृति सार्वजनिक गरे ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लोकार्पित कृतिभित्रका कविताले नेपाली जनता विशेषगरी सुदूरपश्चिमको नेपालीको अवस्थालाई संकेत गरेको बताए ।
कवि थापाले कृति प्रकाशित हुनुको रचनागर्भ सुनाउँदै आफू कवितामै लागेकोले अर्को कविताकृतिको तयारी गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा साहित्यकार रामबहादुर पहाडी, विनोद नेपाल, लक्ष्मी पराजुली, कविलाई स्कुलमा पढाउने शिक्षक तुलसीदास गौतमले आफ्ना धारणा राखे । उक्त अवसरमा कृतिभित्रबाट कवि रीता खत्री, कमला थापा लगायतले कविता वाचन गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्