१८ बैशाख २०८३, शुक्रबार

आईसीसीको निर्देशन अनुसार एनआरएनए एनसीसी अमेरिकाको वार्षिक साधारण सभा स्थगित

कोलोराडोखबर संवाददाता , May 1st, 2026

अमेरिका । एनआरएनए आईसीसीले एकता प्रयास जारी रहेकाले कुनै पनि समानान्तर कार्यक्रम नगर्न निर्देशन दिए पछि विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए एनसीसी अमेरिकाले १५औं वार्षिक साधारण सभा स्थगित गरेको छ ।

एनआरएनए एनसीसी अमेरिकाका प्रवक्ता द्रोण गौतमले २९ अप्रिलमा विज्ञप्ति जारी गर्दै जुलाई १८–१९ मा घोषित वार्षिक साधारण सभा स्थगित गरेको उल्लेख गरेका छन् ।

नयाँ मिति र कार्यक्रम उपयुक्त समयमा सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै सतेन्द्र साह अध्यक्ष रहेको एनआरएनए एनसीसी अमेरिकाले भने १५औं वार्षिक साधारण सभा जुलाई १८ र १९ मा टेक्ससमा आयोजना गर्ने भन्दै सबैलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्