१० बैशाख २०८३, बिहीबार

सन्तोषी पाण्डेको पहिलो कविताकृति ‘सुमेरण’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , April 23rd, 2026

नेपाल । कवि सन्तोषी पाण्डेको पहिलो कविताकृति ‘सुमेरण’ एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ ।

सोमबार साहित्यिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा कविताकृति सार्वजनिक गरिएको हो । कृति सार्वजनिक गर्दै साहित्यकार प्रमोद प्रधानले साहित्य र संस्कृतिलाई जोगाउनै पनि नयाँ पुस्ता साहित्यिक क्षेत्रमा जोडिँदै जानुपर्ने बताए ।

उनले कवि सन्तोषीलाई नेपाली साहित्यमा प्रवेश गरेकोमा बधाई दिँदै कविका कविताहरूमा अनुभूतिको तीव्रता रहेको उल्लेख गरे । प्रधानले भने, “पाण्डे सम्भावना भएकी कवि हुन् । यो उनको पहिलो पाइला हो । तथापि, उनले अझै साधना गर्दै जानुपर्छ ।”

कृतिका सम्पादक विमल भौकाजीले कवि सन्तोषीका कविताहरूले छोएकोले नै उनको कृतिसम्पादनको जिम्मेवारी आफूले लिएको बताए ।

साहित्यकार राधेश्याम लेकालीले कृति सम्पादनलाई महत्वकासाथ हेरिनुपर्नेमा जोड दिँदै कुनै पनि कृतिको राम्रो सम्पादन भएमा विश्व बजारमा जानसक्ने विश्वास व्यक्त गरे ।

कृतिकार पाण्डेले आफ्नो लेखनकर्मबारे बताउँदै पुस्तकमा समेटिएका कविता आफ्नो जीवनका भावना र अनुभूतिहरू भएको उल्लेख गरिन् । उक्तअवसरमा प्रकाशक केशव पराजुलीले आफ्नो धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्