२० चैत्र २०८२, शुक्रबार

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्ट नियन्त्रणमा

कोलोराडोखबर संवाददाता , April 3rd, 2026

नेपाल । बिहीबार प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई नियन्त्रणमा लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बिहीबार काठमाडौँको गैरीधारा क्षेत्रबाट उहाँलाई नियन्त्रणमा लिइएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्