५ चैत्र २०८२, बिहीबार

अग्रज साहित्यकार ‘मञ्जुल’लाई यस वर्षको ‘विश्व-ज्योति साहित्य सम्मान’ प्रदान गर्ने घोषणा

कोलोराडोखबर संवाददाता , March 19th, 2026

नेपाल । नेपाली वाङ्गमयको श्रीवृद्धिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले अग्रज साहित्यकार, कवि, गीतकार तथा गायक मेघराज नेपाल ‘मञ्जुल’लाई यस वर्षको ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ ।

सम्मानका साथ नगद राशि ५१ हजार रुपैयाँ समेत रहने संस्थाले जनाएको छ ।

गत वर्षदेखि प्रदान गर्न सुरु गरिएको ‘विश्व–ज्योति साहित्य सम्मान’ पहिलोपल्ट कवि एवम् गीतकार उषा शेरचनलाई समर्पण गरिएको थियो ।

कविता तथा गीत लेखनमा क्रियाशील सर्जक मञ्जुलको जन्म विसं २००३ साल फागुनमा भोजपुरमा भएको हो । उनले ०२४ सालदेखि रेडियो नेपालमा गीत लेखन र गायनबाट आफ्नो यात्रा प्रारम्भ गरेका थिए ।

यही चैत २५ गते काठमाडौमा विशेष कार्यक्रमबीच सम्मान तथा पुरस्कार प्रदान गरिने एपेक नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्