नेपाल । सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको छ ।
दुई दिने कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिसहित सबै नेता तथा सांसदहरू सहभागी हुने बताइएको छ ।
फागुन २१ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको रास्वपाले ललितपुरको होटल रोयल टुलिपमा सांसदहरूका लागि दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम मंगलबार र बुधबार हुँदै छ ।
’

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्