३ चैत्र २०८२, मंगलवार

महेश्वर पन्तको कथाकृति ‘धर्तीमुनिका तारा’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , March 17th, 2026

नेपाल । सर्जक महेश्वर पन्तद्वारा लेखिएको कथाकृति ‘धर्तीमुनिका तारा’ सार्वजनिक गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईसहितले कृति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा कुलपति राईले पन्तको साहित्यिक व्यक्तित्वको चर्चा गर्दै कृतिबारे बोले । साहित्यकार सन्ध्या पहाडीले कथासंग्रहमा अन्तर्निहित नारीसम्बन्धी संवेदनशील विषयवस्तुको विवेचनात्मक चर्चा गरिन् ।

प्राडा गोविन्दमानसिंह कार्कीले कृतिको संरचना, विषयवस्तु तथा साहित्यिक महत्त्वमाथि टिप्पणी गरे । प्रा। डा। रामप्रसाद दाहालले कथाभित्र निहित अन्तर्य, जीवनानुभूतिको प्रभाव र पाठकमा पर्ने साहित्यिक प्रभावबारे विश्लेषण गरे ।

कार्यक्रममा प्राडा पार्थिवेश्वर तिमिल्सिना, राजेन्द्र केसी, राधेश्याम लेकालीलगायतले कृतिका विषयमा बोले ।

पन्तले कथा लेखनको प्रेरणास्रोत, विषयवस्तु चयन तथा पात्रसँगको आफ्नो आत्मीय सम्बन्धबारे अनुभव साझा गरे । कथाकार पन्तका यसअघि ‘मुन्द्री’, ‘नबोल्नेहरू’, ‘फुर्लुङ’, ‘बौलाको डायरी’ कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्