१६ फाल्गुन २०८२, शनिबार

राजनीतिक प्रणालीलाई सुदृढ गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउने नेकपाको संकल्प

कोलोराडोखबर संवाददाता , February 27th, 2026

नेपाल । नेपाली कम्युनिष्ट पार्टीले आगामी, २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो औपचारिक अपील (घोषणापत्र) सार्वजनिक गरेको छ ।

नेकपाले पार्टी कार्यालय पेरिस डाँडामा बिहीबार औपचारिक अपील सार्वजनिक गरेको हो । अपीलमा मुलुकको विद्यमान राजनीतिक प्रणालीलाई सुदृढ गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउने संकल्प गरिएको छ ।

अपील सार्वजनिक गर्दै पार्टीका नेता डा. वेदुराम भुसालले राष्ट्रियता र संघीयताको रक्षा अपीलमा बाह्य हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको बताए ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाउँदै पार्टीले संघीयता, समानुपातिक र समावेशी लोकतन्त्रलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको बताए।

भ्रष्टाचार नियन्त्रण र सम्पती छानबिन पार्टीले सुशासनका लागि ‘शून्य सहनशीलता’को नीति अघि सारेको छ ।

अपीलको एक मुख्य बुँदामा ‘उच्च स्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गरी सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पती छानबिन गर्ने र अवैध रूपमा आर्जन गरिएको सम्पत्ति राष्ट्रियकरण गर्ने नीति लिइने उल्लेख छ ।

आर्थिक आत्मनिर्भरता र निर्वाचन प्रणालीमा सुधार वर्तमान महंगो निर्वाचन प्रणालीले अस्थिरता निम्त्याएको ठहर गर्दै पार्टीले यसलाई सरल र कम खर्चिलो बनाउन परिवर्तन गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्