४ फाल्गुन २०८२, सोमबार

२०८३ सालको पात्रो प्रकाशित, मुख्य मुख्य चाडपर्व कहिले ?

कोलोराडोखबर संवाददाता , February 15th, 2026

नेपाल । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो प्रकाशित गरेको छ । पात्रो अनुसार वैशाख ४ गते शुक्रबार मातातीर्थ स्नान र १८ गते शुक्रवार गौतम बुद्ध जयन्ती मनाइनेछ ।

साउन १३ गते बुधवार गुरुपूर्णिमा, भदौ १९ गते शुक्रवार श्रीकृष्ण जन्माष्टमी र २९ गते सोमवार हरितालिका तीज परेको छ । मुख्य पर्व दशैँ असोज २५ गते आइतवारदेखि घटस्थापना सँगै सुरु हुनेछ भने कात्तिक ४ गते बुधवार विजयादशमी अर्थात् टीका लगाइनेछ ।

त्यस्तै कात्तिक २० गते शुक्रवारदेखि तिहार शुरु हुनेछ र २५ गते बुधवार भाइटीका लगाइनेछ । कात्तिक २९ गते आइतवार छठ पर्व मनाइनेछ । माघ २४ गते आइतवार सोनाम ल्होसार, २८ गते बिहीवार बसन्त पञ्चमी, फाल्गुन २२ गते शनिवार महाशिवरात्रि, २५ गते ग्याल्पो ल्होसार र चैत्र ७ गते पहाडी क्षेत्रमा तथा ८ गते तराईमा होली मनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्