नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आव्हान गरेका छन् ।
सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद् सचिवालय, सिंहदरवारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको शीतल निवासले जनाएको छ ।
राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्