नेपाल । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। सुन तोलामा ७ हजार ९०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारका लागि सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो । सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, मंगलबार चाँदी तोलामा ३०५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको थियो ।
सोमबार प्रतितोला चाँदी ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्