नेपाल । रास्वपाको आइतबार बसेको केन्द्रीय समितिको विशेष बैठकले ‘राष्ट्रिय स्वतन्त्र पार्टी तथा बालेन्द्र शाहबीच भएको बृहत एकतासम्बन्धी भएको सहमति अनुमोदन गरेको छ ।
पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकमा छलफलपछि ऐतिहासिक सहमति अनुमोदन भएको हो ।
बैठकले राष्ट्र हितका लागि बृहत् आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने सहमतिको पालनाबाट मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको जालो च्यातेर सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने दिशातर्फ उन्मुख हुने अपेक्षा गरेको छ ।
बृहत एकतासम्बन्धी सहमतिलाई केन्द्रीय समितिले सम्मानसाथ पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको पार्टीले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्