१३ पुष २०८२, आईतवार

आगामी निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६ सय ८९ जनाले मतदान गर्न पाउने

कोलोराडोखबर संवाददाता , December 28th, 2025

नेपाल । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता समावेश हुने भएका छन् ।

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी यस्तो विवरणको जानकारी दिएको हो ।

अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्