१२ पुष २०८२, शनिबार

पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्को निर्णय

कोलोराडोखबर संवाददाता , December 27th, 2025

नेपाल । सरकारले पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय भएको हो।

त्यसैगरी, सरकारले नेपाल तागरिकता (चौथो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्