नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
एमालेको विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेकाले मङ्सिरको २७ देखि २९ गतेसम्म हुने ११ औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने भएको छ ।
विधान अधिवेशन गरिसकेको एमालेको यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनका लागि दबाब बढेका बेलामा निर्धारित समयभन्दा एक वर्षअघि नै यो महाधिवेशन हुन लागेको हो । पार्टी अध्यक्षमा केपी शर्मा ओली नै तेहर्याउने तयारीमा हुनुहुन्छ । उहाँसँग पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्