१२ मंसिर २०८२, शुक्रबार

नेपाल र बङ्गलादेशबीच विद्युत् उत्पादन तथा व्यापारलाई थप विस्तारित गर्ने सहमति

कोलोराडोखबर संवाददाता , November 28th, 2025

नेपाल । नेपाल र बङ्गलादेशबीच विद्युत् उत्पादन तथा व्यापारलाई थप विस्तारित गर्न दुई देशसम्बद्ध सचिवबिच सहमति भएको छ ।

बुधबार र बिहीबार बङ्गलादेशमा सम्पन्न नेपाल–बङ्गलादेश सचिवस्तरीय बैठकमा नेपालबाट बङ्गलादेश निर्यात हुने विद्युत् परिमाण विस्तारदेखि जलविद्युत् आयोजना निर्माण, प्रसारण लाइन संरचना विस्तारलगायतका विषयमा सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

बिहीबार नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठक बसेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत तथा बङ्गलादेश सरकारको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बङ्गलादेशको ढाकामा सम्पन्न बैठकले विभिन्न छ बुँदामा सहमति गरेको हो ।

सहमति अनुसार नेपालबाट हालसम्म ४० मेगावाट विद्युत् निर्यात हुँदै आएकोमा आगामी वर्ष थप २० मेगावाट बिजुली बङ्गलादेशले नेपालबाट खरिद गर्ने छ ।

नेपाल, भारत र बङ्गलादेशबिच हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्षका लागि ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भई कार्यान्वयनमा आइसकेको छ । अहिले यही सम्झौता अनुसार २० मेगावाट निर्यात थप गर्ने सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्