नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग बुधबार छलफल गर्ने भएकी छिन् ।
दलका प्रतिनिधिहरूलाई छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको उनको सचिवालयले बताएको छ ।
फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका वेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन् ।
प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र जेनजी प्रतिनिधहरुसँग छुट्टै र संयुक्त रुपमा छलफल गरिसकेकी छिन्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्