नेपाल । नेकपा (एमाले) ले पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ ।
राष्ट्रिय सभा गृहमा सोमबार आयोजित विशेष समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्कनुभएका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै घरमा स्वागत गर्नुभयो ।
कार्यक्रममा एकीकृत समाजवादीमा लाग्नुभएका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाउनुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता तथा कार्यकर्ताहरू ठुलो सङ्ख्यामा एमालेमा फर्कनुभएको छ । कार्यक्रममा फर्किएका नेताहरूको नाम सार्वजनिक गरियो ।
पार्टीका शीर्ष नेताहरूले यो अभियानलाई सङ्गठनभित्र पुनः एकताको सुरुवातका रूपमा व्याख्या गर्नुभएको छ। अध्यक्ष ओलीले एमालेमा फर्किएकाहरूलाई उत्साहपूर्वक स्वागत गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्