नेपाल । डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो हार बेहोरेको छ।
ब्रेन्टफोर्डले उसलाई ३-२ ले पराजित गरेको हो । लन्डन क्लबका लागि डान्गो क्वाटारा, केभिन सेड र इगोर थिएगोले गोल गरे । यो जितपछि ब्रेन्टफोर्ड दसौं स्थानमा उक्लिन सफल रह्यो ।
लिभरपुल भने छैटौं स्थानमा झरेको छ र यो शीर्षमा रहेको आर्सनलसँग चार अंकको दूरी हो । लिभरपुलका लागि मिलोस केरकेज र मोहमद सलाहले गोल गरे ।
लिभरपुल सबै प्रतियोगिताका गरेर पछिल्ला सातमध्ये ६ खेलमा पराजित भएको छ ।
गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेड लयमा फर्केको छ र यसक्रममा उसले ब्राइटनलाई ४–२ ले हरायो । यसमा ब्रायन एमबुमोले दुई गोल गरे र युनाइटेड लिगमा लगातार तेस्रो जित निकाल्न सफल रह्यो ।
यस्तै न्युकासल युनाइटेडले फुलहम तथा सन्डरल्यान्डले चेल्सीलाई समान २-१ को गोलले पराजित गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्